पोखरामा बेष्ट डेस्टिनेशन एजुकेशनल प्रालिको नयाँ शाखा

विशेष छुटसहित ल्यायो नयाँ अफर

पाेखरा | भदौ ६, २०८२

पोखरामा बेष्ट डेस्टिनेशन एजुकेशनल प्रालिको नयाँ शाखा

पोखरा:  बेष्ट डेस्टिनेशन एजुकेशनल प्रालिको नयाँ शाखा पोखरामा विस्तार हुने भएको छ । २०७६ सालदेखि चितवनमा सञ्चालन हुँदै आएको अग्रणी शिक्षा परामर्श संस्था बेष्ट डेस्टिनेशन एजुकेशनल प्रालिले भदौं ११ गतेदेखि पोखरामा नयाँ शाखा विस्तार गर्न लागेको हो ।


विद्यार्थीलाई विदेश अध्ययनका लागि सही मार्गदर्शन र पारदर्शी सेवा प्रदान गर्ने उद्देश्यका साथ प्रालिले पोखरा सिद्धार्थचोकमा नयाँ शाखा विस्तार गरेको अध्यक्ष सञ्जय कुँवरले जानकारी दिए ।


‘पोखरामा जापान अध्ययनको बजार ठूलो छ तर यहाँ अझै पनि उचित मार्गदर्शन र व्यवस्थित प्रक्रिया अभाव छ । हाम्रो नयाँ शाखाले यस खालको अभावलाई पूरा गर्दै विद्यार्थीलाई सही जानकारी, पारदर्शी प्रक्रिया र व्यावसायिक सहयोग पुरÞ्याउनेछ,’ उनले भने ।


प्रालिले शाखा विस्तारको अवसमा विभिन्न छुट कार्यक्रम ल्याएको छ । जसमा जापानी भाषा कक्षामा २० जनालाई भर्ना शुल्क छुट, आयल्स पिटिइ तयारीका कक्षामा २० जनालाई निशुल्क कक्षाहरु सञ्चालन गरिने अध्यक्ष कुँवरले बताए । यस्तै विभिन्न संघसंस्थाको सहकार्यमा विविध तालिम कार्यक्रममा छुटको अवसर समेत रहेको कुँवरको भनाइ छ ।


प्रालिले आगामी दिनमा जापानी भाषा शिक्षा र अन्तर्राष्ट्रिय परीक्षा तयारीका लागि आधुनिक प्रशिक्षण केन्द्र स्थापना, अन्तर्राष्ट्रिय विश्वविद्यालय तथा संस्थासँग साझेदारी गरेर छात्रवृत्ति तथा अवसर र अनलाइन काउन्सेलिङ प्लेटफर्म विस्तार गरेर ग्रामिण क्षेत्रका विद्यार्थीलाई पनि सेवा पु¥याउने लक्ष्य राखिएको अध्यक्ष कुँवरले जानकारी दिए ।  यस्तै व्यावसायिक तथा सीपमुलक तालिम र देशभर थप शाखा विस्तार गर्ने प्रालिको तयारी छ ।

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्